काठमाडौं/३० बैशाख–प्रारम्भिक कक्षाका बालबालिकाहरुका लागि बनाइएको ‘रमाइलो पढाई’ मोबाइल एप अब गुगल प्ले स्टोरबाट डाउन गर्न सकिन्छ ।
राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमअन्र्गत कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढाईमा थप सहयोग पु¥याउने उद्देश्यका साथ अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) को आर्थिक सहयोग र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको संयोजकत्वमा बनाइएको उक्त एप गुगल प्ले स्टोरमा उपलब्ध रहेको केन्द्रले जनाएको छ ।
प्रारम्भिक कक्षाका बालबालिकाहरूका लागि पढाइ रमाइलो बनाउन शिक्षक र अभिभावकहरूले सजिलै प्रयोग गर्न सक्ने गरी तयार पारिएको यस एन्ड्रोइड मोबाइल एपमा पाठ्यक्रम विकास केन्द्रद्वारा विकास र प्रकाशन गरिएको ५६ वटा रोचक कथाहरू र कविताहरूलाई नेपाली भाषामा रेकर्ड गरी तिनका चित्र पुस्तकहरूका साथ समावेश गरिएका छन् । साथै, नेपाली भाषालगायत १० स्थानीय भाषाहरूमा रेकर्ड गरिएका विभिन्न चेतनामूलक रेडियो सन्देश तथा रेडियो कार्यक्रमहरू पनि समाविष्ट गरिएको केन्द्रले जनाएको छ । रेडियो कार्यक्रमअन्तर्गत प्रारम्भिक कक्षाका शिक्षकहरूलाई कक्षाकोठामा सहयोगी हुने शिक्षण उपायसहितका सामग्री, रेडियो नाटक र विशेष अतिथिसँगको रमाइला कथाहरू समेटिएका छन् ।
यस ुरमाइलो पढाइु मोबाइल एपबारे स्थानीय तहका शिक्षा शाखा तथा जिल्लाभरिका सामुदायिक विद्यालयहरूलाई जानकारी गराई प्रधानाध्यापक, शिक्षक, आधारभूत तह प्रमुख, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र प्रारम्भिक कक्षा पढार्इ उपसमितिका सदस्यहरूमार्फत दौँतरी शिक्षक अभिभावकहरूसहित प्रारम्भिक कक्षाका बालबालिकाका अभिभावकवर्गलाई केन्द्रले पत्र लेख्दै एप प्रयोग विधिबारे अवगत गराई वहाँहरुको मोबाइल फोनमा एप इन्स्टल गर्नका लागि आवश्यक सहयोग गरी एपको व्यापक प्रयोग गर्न–गराउनु अनुरोध गरेको छ ।
http://www.doe.gov.np/assets/uploads/files/3a0b02cbad82b626034628ecb4cd3cf0.pdf