केन्द्रीय उपाध्यक्षकाे घटना छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने एन–प्याब्सनको माग

काठमाडौं/२४ बैशाख–राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (एन–प्याब्सन) ले केन्द्रीय उपाध्यक्ष कृष्णा प्रसाद भुसालको घटनाको यथार्थ र वस्तुपरक ढंगले छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।
कैलाली जिल्लाको गौरीगंगा नगरपालिका मसुरियामा रहेको बिहानी क्षितिज बोर्डिङ स्कुलका सञ्चालक तथा प्रिन्सिपल समेत रहेका भुसाल बैशाख ११ गते बिहिबार राती मृत अवस्थामा फेला परेका थिए । एन–प्याब्सनले मृत शरीर भेटिएको स्थान र त्यहाँको स्थान र पोष्ट मार्टमको रिर्पोटमा समेत हत्या भएको अनुमान गरिएकाले छानबिन हुनुपर्ने माग गरेको हो । एन–प्याब्सनले घटना भएको लामो समय बित्दा पनि यर्थाथ सार्वजनिक नहुँदा देशभरका निजी विद्यालय सञ्चालक तथा प्रिन्सिपल आक्रोशित भएको जनाएको छ ।
एन–प्याब्सनले भुसाल सुदुरपश्चिमका उज्वल नक्षत्र रहेको बताउँदै शिक्षा क्षेत्रका कमर्ठ सिपाहीको अप्रत्याशित निधनले स्तबध बनाएको जनाएको छ ।