चीनकाे उहानमा आजबाट खुले विद्यालय

काठमाडौं/२४ बैशाख– कोरोना भाइरसको उद्गमस्थल चीनको उहान सहरमा आजदेखि विद्यालयहरु खुलेका छन् ।
आजबाट कक्षा नौ देखि १२ सम्मका विद्यार्थीहरु विद्यालय जना थालेका हुन् । विद्यालय जानु अघि विद्यार्थीहरुले अनिवार्य रुपमा कोरोना भाइरस परीक्षण गर्नुपर्ने छ भने विद्यालयमा भौतिक दुरीको नियम पनि पालना गर्नुपर्ने बताइएको छ । पछिल्लो ३२ दिनयता उहान मात्र नभई हुबेई प्रान्तमा नै कुनैपनि नयाँ संक्रमित फेला नपरेपछि उहानले बुधारबारदेखि विद्यालय खोल्ने निर्णय गरेको हो । विद्यालय खुलेसँगै ५७ हजार आठ सय विद्यार्थीहरुको पठनपाठन सुचारु हुनेछ भने एक सय २१ विद्यालयहरु खुल्ने जनाइएको छ ।
चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या चार हजार ६ सय ३३ छ भने संक्रमितको संख्या ८२ हजार ८ सय ८३ रहेको छ ।स्रोत : बीबीसी