अनलाइन कक्षा बन्द गर्न पोखरा महानगरपालिकाको निर्देशन

काठमाडौं/१९ बैशाख– पोखरा महानगरपालिकाले बिना अनुमति अनलाइन पठनपाठन तत्काल बन्द गर्न निर्देशन दिएको छ । महानगरले विद्यालयलाई परिपत्र गर्दै अनुमति बिना अनलाइन कक्षा सञ्चालन नगर्न निर्देशन जारी गरेको हो ।
महानगरपालिकाले अनुमति लिएर र पूर्वाधार बनाएर मात्र अनलाइन कक्षा सञ्चालन गर्न आफ्ना क्षेत्रका सम्पूर्ण विद्यालयहरुलाई निर्देशन दिएको हो । केही संस्थागत विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्दा सम्पूर्ण विद्यार्थीमा आवश्यक पूर्वाधार तथा इन्टरनेटको पहुँच नरहेको साथै सम्बन्धित निकायको अनुमति तथा आवश्यक पूर्वाधार बिना नै अनलाइन कक्षा सञ्चालन गर्दा विकृत बढ्दै जाने महानगरले जनाएको छ । महानगरले अनलाइन कक्षाको पहुँचमा नरहेका विद्यार्थी तथा अभिभावकलाई मानसिक दबाब समेत परेकाले त्यस्ता कक्षाहरु बन्द गर्नुपर्ने उजुरी दर्ता भएको जनाएको छ ।