तीन जनामा देखियो कोरोना

काठमाडौं/१७ बैशाख–नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ५७ पुगेको छ ।
बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाल टेकुमा गरिएको स्वाब परीक्षणमा तीन जनामा पोजिटिभ देखिएसँगै संक्रमितको संख्या ५७ पुगेको हो ।
बाराका दुई र पर्साका एक जनामा पोजिटिभ देखिएको हो । उनीहरुको वीरगन्जबाट स्वाब संकलन गरी टेकुमा पठाइएको थियो । संक्रमित तीनै जना पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार रौतहटका दुई जना पुरुषमा कोरोना भाइरस पुष्टि भएको थियो ।
हालसम्म कोरोना भाइरसबाट संक्रमितमध्ये १६ जना उपचारपछि घर फर्किसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *