अटिजम भएका बालबालिकाहरूका लागि आवासीय विद्यालय सञ्चालन गरिने

काठमाडौँ/१५ जेठ–ं सरकारले आर्थिक वर्ष २०८३/०८४ मा अटिजम भएका बालबालिकाहरूका लागि लक्षित गरी पूर्वाधारयुक्त आवासीय विद्यालय सञ्चालन गर्ने जनाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रवार सङ्घीय संसदमा बजेट भाषण गर्दे सो घोषणा गरेका हुन ।