काठमाडौं/१३ जेठ – विभिन्न ८ विश्वविद्यालयको उपकुलपति पदमा आवेदन दिएका मध्ये छनोटमा परेका उम्मेदवारको नामावली सार्वजनिक गरिएको छ । “विभिन्न विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३” बमोजिम उपकुलपति पदमा नाम सिफारिस गर्न प्रकाशित सूचनाबमोजिम प्राप्त २१८ आवेदनहरूमध्ये १८८ जना उम्मेदवारको नाम छनोटमा परेको हो ।
कार्यविधिको व्यवस्थाबमोजिम विश्वविद्यालयगत रूपमा विभिन्न व्यक्तिहरूको दरखास्त सिफारिस १३ बसेको समितिको बैठकले निर्णयअनुसार स्वीकृत गरिएको जनाइएको छ ।
त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूर पश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालय गरी ८ विश्वविद्यालयका लागि आवेदन माग गरिएको थियो ।



