कक्षा ११, १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्नका लागि आवेदन माग

काठमाडौँ /३० वैशख – काठमाडौँ महानगरपालिले संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८३/०८४ मा कक्षा ११, १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि आवेदन माग गरेको छ । परीक्षा प्रणालीबाट छात्रवृत्ति उपलब्ध गराइने भएकाले आवेदन माग गरेको हो ।


अनलाइन आवेदन फाराम जेठ १ गतेदेखि १० गतेसम्म भर्न सकिने सूचना मार्फत जानकारी दिएको छ । जेठ १७ गते बिहान ०८ः०० बजेदेखि १०ः०० बजेसम्म छात्रवृत्तिका लागि परीक्षा सञ्चालन हुनेछ ।


परीक्षामा सोधिने प्रश्नहरु माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू हुने जनाइएको छ ।


यसैगरी विषयहरूको अङ्कभार, विद्यालयगत छात्रवृत्तिको कोटा, परीक्षा केन्द्रसहित विस्तृत विवरण काठमाडौँ महानगरपालिकाको वेबसाइट www.kathmandu.gov.np मा रहेको छ ।


यहाँबाट भर्न सकिन्छ आवेदन