काठमाडौँ/२४ वैशाख – राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा अबको ५ दिन भित्र सार्वजनिक गर्ने तयारी गरेको छ । एसईई परीक्षा सकिएको एक महिना भित्र नतिजा सार्वजनिक गर्ने सरकारको निर्णय अनुसार धमाधम काम भइरहेको बोर्डले जनाएको छ ।
हिजोदेखि टेबुलेसन गर्न सुरु गरेको बोर्डले अबको एक दुई दिनमा टेबुलेसन सकेसर अपडेट गरिने परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताए । अधिकारीले भने ‘हिजोदेखि रुजु गरिरहेका छौं । काम धमाधम भइरहेको छ । अबको एक दुई दिनमा रुजु सकिन्छ । त्यसपछि अपडेट गर्न तीदिन जतिलाग्छ । बैशाख २९ गतेभित्र नतिजा सार्वजनिक हुन्छ ।
यसवर्ष नियमिततर्फ चार लाख ४१ हजार ५ सय ६६ जना र ग्रेड वृद्धितर्फ ७० हजार ८ सय ५५ जनाले परीक्षाका लागि फारम भरेका थिए ।



