सिटिईभिटीले आजदेखि जारी हुने मूल प्रमाणपत्रमा क्यूआर कोड समावेश गर्ने

काठमाडौँ /१ मंसिर – प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिईभिटी)ले शैक्षिक प्रमाण पत्रमा क्यूआर कोड समावेश गर्ने भएको छ । डिप्लोमा / प्रमाणपत्र तहको ट्रान्सक्रिप्टमा र प्रि–डिप्लोमा तहको मूल प्रमाणपत्रमा क्यूआर कोड समावेश गर्ने भएको हो ।


परिषद्को परीक्षा नियन्त्रण कार्यालयबाट आईएमएस अनलाइनबाट जारी हुने डिप्लोमा /प्रमाणपत्र तहको ट्रान्सक्रिप्टमा र प्रि–डिप्लोमा तहको मूल प्रमाणपत्रमा कार्तिक १ गतेदेखि देखि लागू हुने गरी क्यूआर कोड समावेश गरी प्रमाण पत्र जारी गरिने जनाएको छ । थप जानकारीका www.ctevtexam.org.np मा हेर्न सकिनेछ ।