आजबाट नयाँ वर्ष सुरु, वि.सं. २०७७ ले सम्पूर्ण नेपालीमा खुसी ल्याओस्

काठमाडौ/१ बैशाख – संसारभरिका मान्छेहरुले विभिन्न प्रकारका आ(आफ्नै सम्बतहरु चलनमा ल्याएका छन् तर बिक्रम सम्वतलाई भने एउटा पुरानो अनि एतिहासिक सम्वतकारुपमा विशेषतः पूर्वीय दर्शन अनि पौराणीक वैदिक सनातन संस्कारमा ब्याख्या गरिएको छ । बिक्रम सम्वत् अङ्ग्रेजी सम्वत् अर्थात् ब्म् भन्दा ५६ दशमलव ७ वर्षले अगाडी छ । यसबाटै प्रमाणित हुन्छ यसको महत्व अनि मानव सभ्यतामा वैदिक सनातन हिन्दू धर्मको प्रभाव र उमेर । बिक्रम सम्बत् समग्र तिथी मितीहरु पृथ्वी र चन्द्रबिचको कोण अनि अवस्थितीमा फरक पर्दछन् शायद त्यसैले पनि यसलाई चन्द्रमास भनिएको हुनपर्दछ ।
आजको दिनबाट हामी एउटा फरक वर्षमा प्रवेश गर्दैछौं र यो नव वर्ष अन्य नव वर्षहरु भन्दा फरक अवश्य छ । यसपाली नव वर्षमा हामी एक अर्कासँग अङ्कमाल गरेर हैन, सामाजिक दूरी कायम राख्दै एक अर्कालाई शुभकामना व्यक्त गर्दैछौं । यो नव वर्षको उत्साहलाई हामी घुमफिर गरेर हैन, घरकै आँगनसम्म सिमित राख्दैछौं । वश्वभर फैलिएको कोरोना महामारीको रोकथामको निमित्त सरकारले गरेको लकडाउनको ससम्मान पालना गर्दै सम्पूर्ण नेपाली मनहरु घरमै सतर्क अनि सुरक्षित बसेर यो नयाँ वर्षमा एउटा नयाँ उदाहरण बन्ने छौं। हाम्रो समाजमा एउटा भनाइ निक्कै चर्चित छ “नयाँ वर्षको दिन जे गरिन्छ, वर्षभरी त्यहि चलीरहन्छ“ । यस अर्थमा हामीले बुझ्न सक्छौं आजको दिन सुरक्षित भएर आआफ्नै घरमा बसे सायद हामी वर्षभरी नै यो महामारीबाट सुरक्षित रहनेछौं ।
हरेक बर्ष पुरानो क्यालेन्डर च्यातेर नयाँ पाना पल्टाँउदा नयाँ पानाहरु संगै नयाँ अवसर र आशाहरु पनि देखा पर्दछन् । यी बर्षहरु भनेका किताबका नयाँ अध्यायहरु झैं हुन् जसको आँउदा अध्यायहरु पनि पढ्न अनि पल्टाउन बाँकी उत्साहजनक पानाहरु जस्ता हुन् । लेखिन बाँकी कापीका सादा पानाहरु जस्ता जहाँ दिनहरुले अनि महिनाहरुले बाँच्दै जाँदा अनि हाँस्दै रुदै जाँदा अनुभवका अक्षरहरु भर्दै जान्छन् ।
आराध्यदेव, राष्ट्रदेव महादेव झै समय पनि शून्य अनि निराकार, अन्त्यहिन अनि बलवान पनि । समयलाई रोक्न, नियन्त्रण गर्न मानिसको वसको कुरो हैन, तथापि मानिसले झिनो साहस गरीरहन्छन् समयलाई आफ्नो प्रकारले गणना गरिरहने । हात या भित्तामा भएको घडी अनि क्यालेण्डरहरुले यस्ता समयको मापन गर्ने गर्दछन् दिन, घडी, पला, नक्षत्र, पक्ष, मास अनि वर्षहरु फेरिरहन्छन् सँगै फेरिन्छन् मानिसहरूका पेरिफेरिहरु ।

फूलेका आँप, लिच्ची, दाना बसेका नासपातीका हाँगाहरु, लहलहाँउदा गहुँका बालाहरुसंगै बसन्त आगमनको सूचक स्वरूप कुहु(कुहु गरेका सुन्दर काली कोइलीका सुमधूर गीतले पनि सबैलाई नव वर्षको शुभकामना सन्देश प्रवाह गरेझै लाग्छ । बि.सं. २०७७ ले गज्जबसँग सम्पूर्ण नेपालीजनका असल सोंचहरूलाई सफलताका सगरसम्म र्डोयाओस् फलोस फुलोस अनि फक्रिओस् ।

कसरी मापन गरिन्छ त चन्द्रमासमा समयलाई ?

चन्द्रमा र सूर्य्बिचको देशान्तरिय कोणको १२ डिग्रीको वृद्धी हुने समय मापलाई तिथी भनिन्छ, सामान्यतया १९ देखि २६ घण्टासम्मको एउटा तिथी हुन्छ । पक्ष भन्नाले १५ वटा तिथीहरु हुन र कृष्ण र शुक्ल पक्ष गरि दुईवटा पक्षहरु हुन्छन् ।दुईवटा पक्षहरु मिलेर लगभग २९ दशमलव ५ तिथीको एउटा मास हुन्छ । नयाँ चन्द्र उदाएपछी कृष्ण पक्षको अँध्यारो निष्पट्ट समय सम्मको पक्ष एक मास हो ।
२ मासको एक ऋतु हुन्छ, ३ ऋतुको एक आयना हुन्छ अनि एक वर्ष भनेको २ आयना हो ।
प्राचीन राजा विक्रमादीत्यले शुरुवात गरेका यो सम्वत् नेपालको औपचारीक, आधिकारीक सम्बत् पनि हो जसको औपचारीक आत्मसाथ नेपालले श्री ३ चन्द्र शम्शेरको पालादेखि गरीआएको छ । विक्रम सम्बत् अनुसार हरेक नयाँ वर्ष वैशाख महिनाको १ गते अर्थात आजकै दिनबाट सुरु हुन्छ । विक्रम सम्बत् सूर्यसँग सम्बन्धित भएकाले महिनाहरु पनि ग्रह नक्षत्रका नामसँग सम्बन्धित छन् । नेपालको सम्बत प्रणाली सूर्य पात्रोसँग सम्बन्धित रहेको छ । जब पृथ्वीले सूर्यको एक परिक्रमा पुरा गर्दछ त्यतिबेला चैत्र शुक्ल प्रतिपदा हुन्छ र सूर्य मिन राशीबाट पुनस्चः मेष राशीमा प्रवेश गर्ने गर्दछ । यहिबेला नयाँ वर्षको शुरुवात हुन्छ, जसलाई सूर्यको शुन्य अंश पनि भनिन्छ ।
तराईमा आजको दिनलाई सिरुवा भनिन्छ भने पूर्वि तराईमा जुटशितल भनेर एकर्कामा पानी छ्यापेर मनाउने चलन छ ।
हाम्रो पात्रोबाट