एभरेष्ट र इन्टुजीबिच सम्झौता

ललितपुर/२० असार – नेपालमा स्नातक र स्नातकोत्तर तहको इन्जिनियरिङ कलेजहरू मध्ये अब्बल दर्जामा रहेको एभरेष्ट इन्जिनियरिङ कलेज र विदेशी प्रत्यक्ष लगानी ९एफडिआई० अन्तर्गत अस्ट्रेलियाका नागरिकहरूको प्रत्यक्ष लगानी र स्वामित्वमा नेपालमा सञ्चालित एआई कम्पनी इन्टुजी प्रा।लि। बिच आपसी सहयोगका लागि सम्झौता भएको छ ।


तीन वर्ष अगाडि देखि नेपालमा काम गर्दै आएको यस कम्पनी र एभरेष्ट इन्जिनियरिङ कलेज बीच लामो समय देखि आपसी सहयोगका विभिन्न कार्यक्रमहरू हुँदै आएकोमा ती कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउन तथा वैधानिकता दिन सम्झौता गरिएको कलेजले जनाएको छ ।


सम्झौता अन्तर्गत इन्टुजी प्रा।लि। का कार्यक्रमहरू सञ्चालन गर्न कलेजले भौतिक सुविधाहरू उपलब्ध गराउने र कलेजका विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान तथा इन्टर्नसिपको अवसर उक्त प्रा।लि। ले दिने भएको छ । यस सम्झौताबाट एभरेष्ट इन्जिनियरिङ कलेजका कम्प्युटर, सफ्टवेयर र आईटीका विद्यार्थीहरू प्रत्यक्ष लाभान्वित हुने अपेक्षा रहेको कलेजको भनाई छ ।


नेपालका विभिन्न निजि कम्पनीहरूमा एभरेष्ट इन्जिनियरिङ कलेजका विद्यार्थीहरूले २५ वर्ष अगाडि देखि आफ्नो सीप तथा दक्षता प्रदर्शन गर्दे आएको र यस कलेजका विद्यार्थीहरूलाई पहिले देखि नै निजि कम्पनीहरूले रुचाउँदै आएको कलेजको तथ्याङ्कबाट देखिएको जनाइएको छ ।


एभरेष्ट इन्जिनियरिङ कलेज र इन्टुजी प्रा।लि। बीच भएको सम्झौताले कलेजको स्नातक तहमा विद्यार्थीको थप आकर्षण हुने विश्वास कलेजका प्राचार्य प्रा।डा। हरिकृष्ण श्रेष्ठले बताए । इन्टुजीका प्रमुख सूचना अधिकारी रितेश शाहले उच्च इन्जिनियरिङ शिक्षा क्षेत्रमा देशकै सर्वोत्कृष्ट कलेजहरू मध्येमा परेको एभरेष्ट इन्जिनियरिङ कलेजसँग सहकार्यको सम्झौता आफ्नो कम्पनीको लागि गौरवको विषय भएको धारण व्यक्त गरे ।