काठमाडौ /२६ चैत्र – बूढानीलकण्ठ नगर कमिटी तथा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन- प्याब्सन)ले १ लाख १ हजार सहयोग गरे को छ । बूढानीलकण्ठ नगरपालिकाले स्थापना गरेको विपद् व्यबस्थापन कोषमा मंगलबार उक्त रकम हस्तान्तरण गरेको हो ।
नेसनल प्याब्सनका केन्द्रिय निवर्तमान बरिष्ठ उपाध्यक्ष सुर्य बहादुर अधिकारी, नेसनल प्याव्सन बुढानिलकण्ठ नगर कमिटीका अध्यक्ष नारायणबाबु तिम्सिना सहितको टिमले मेयर उद्धब प्रसाद खरेललाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
नगरपालिका भित्र रहेका विपन्न परिवार तथा दैनिक ज्यालादारी मजदुरी गर्दै आएका नागरिकको सहयोगका लागि एन प्याब्सन बूढानीलकण्ठ नगर कमिटीले विपद् व्यवस्थापन कोषमा सहयोग गरेको बताएको छ ।