नेकाको एक्सन टिम गठन, विदेशमा रहेका विद्यार्थीलाई सहयोग गर्ने


काठमाण्डौं /चैत्र २५ – राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)ले कोरोना भाइरसको विश्वव्यापी महामारीबाट बिदेशमा अध्ययनरत विद्यार्थीहरुमा परेको समस्या र समाधानको निम्ती एक्सन टिम गठन गरी वीद्यार्थीहरुको डटा संकलन सुरु गरेको जनाएको छ ।


संघले बिज्ञप्ती प्रकाशीत गर्दे नेपाली विद्यार्थीहरु विदेशमा अध्ययन गर्न चाहने देशहरुमा मुख्यतय गरी ( Australia, Japan, U.S, Canada, New Zealand, UK, India, European Countries (Germany, France , Denmark, Cyprus) आदि देशहरुमा Corona-virus को प्रभाव परिरहेको छ , जसले गर्दा नेकाले यी संक्रमित बढि रहेका देशहरुमा समस्यामा परेका नेपाली विद्यार्थीहरुको डाटा संकलन गर्ने कार्य गरेका छ। समस्याको पहिचान गरेर ,विद्यार्थीहरुको आधारभुत आवश्यकता प्रत्याभुतीको लागि नेपालसरकार शिक्षामन्त्रालय, विदेश स्थित दुतावासहरु अन्तराष्ट्रिय गैर सरकारी सस्था, नेपाली परामर्श संघहरु सम्बन्धित विदेशी नियोगहरुमा बारम्बार रुपमा सुचनाको आदान प्रदान तथा छलफल गर्दै समस्याको समाधान तर्फ अगाडी बढिरहेको नेकाले जनाएको छ ।


त्यस्तै नेपाल राष्ट्र बैंकले नेपालबाट अभिभावकले विदेशमा रहेका आफ्ना विद्यार्थीहरुलाई बढीमा ५०० अमेरिकी डलर पठाउने ब्यवस्था गरेकोमा उक्त रकम विद्यार्थीहरु लाई अपूग हुने हुनाले माहामारी अन्त्य नभए सम्मको लागि उक्त रकम बढाउन शिक्षामन्त्रालय सँग बारम्वार छलफल गरी अनुरोध गरेको बिज्ञप्ती मा भनिएको छ ।


अस्ट्रेलिया अध्ययनका लागि फेब्रुअरी र मार्च २०२० को सत्रमा गएका र जान बांकी विद्यार्थीहरुको अध्ययनमा कोरोनाको महामारीले अनेकन समस्याहरु देखिएकाले सो सत्रलाई अनलाइन गर्नुभन्दा हाललाई स्थगित गरि अनुकुल समयमा सुचारु गर्न कलेज तथा विश्वविद्यालयलाई आह्वान समेत गरेको छ ।


राष्ट्रिय शैक्षिक परामर्श संघका अध्यक्ष सन्तोश प्याकुरेलद्धारा जारी बिज्ञप्तीमा अप्रिल २०२० सत्रमा जापान अध्ययनका लागि सिओइ लिएर अन्तर्वाता कुरेर बसेका तथा भिसा लिएर बसेका विद्यार्थीहरुका लागि अध्ययनमा अनिश्चितता देखिएको हुदा जापानका भाषा स्कुल र कलेज र विश्वविद्यालयहरुलाई अप्रिल सत्र लाई ढिलो अथवा अनुकुल समयमा शुरु गर्न पनि अनुरोध गरिएको छ ।


साथै यो जटिल परीस्थितिमा सम्पूर्ण विद्यार्थीहरुलाई सुस्वास्थ्य,सुरक्षित रहन कामना गरेको छ ।