समृद्धि स्कुलले गुगल क्लासरुममार्फत पढाउने

काठमाडौं/२२ चैत–काठमाडौंको विनायक बस्ती बालाजुमा रहेको समृद्धि स्कुलले गुगल क्लासरुम सञ्चालनमा ल्याएको छ ।
कोरोना भाइरसको विषम परिस्थितिका कारणले विद्यालयहरु बन्द भएपछि विद्यार्थीहरुलाई घरमै बसेर पढ्ने वातावरण मिलाउने उद्देश्यले स्कुलले गुगल क्लासरुम सञ्चालन ल्याएको हो ।
यस क्लासरुममार्फत शिक्षकहरुले घरमै बसेर इन्टरनेटको सहयोगबाट विद्यार्थीहरुलाई पढाउन मिल्छ । प्लेग्रुप देखि कक्षा ९ सम्मका विद्यार्थीका लागि गुगल क्लासरुम सञ्चालन गरिएको स्कुलका प्रिन्सिपल नरेशप्रसाद श्रेष्ठले जानकारी दिए ।