मेट्स इन्टरनेशनलले २० जना अन्तर्रा्ष्ट्रिय विद्यार्थीहरुलाई आर्थिक सहयोग गर्ने


काठमाडौं /१४ चैत–मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसले कोरोना भाइरसको विषम परिस्थितिलाई मध्यनजर गर्दै अष्ट्रेलियामा रहेका अन्तर्रा्ष्ट्रिय विद्यार्थीहरुलाई आर्थिक सहयोग गर्ने भएको छ ।
मेट्सले एक जना विद्यार्थीलाई दुई सय डलर सहयोग गर्ने गरि २० जना अन्तर्रा्ष्ट्रिय विद्यार्थीलाई सहयोग गर्ने जानकारी दिएको छ । कोरोना भाइरसका कारण विद्यार्थीमा पर्ने गएको आर्थिक र मानसिक समस्यालाई ध्यानमा राख्दै मेट्सले अन्तर्रा्ष्ट्रिय विद्यार्थीहरुलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । मेट्सले आफ्नो ग्राहक नभएकाले पनि आर्थिक सहयोगका लागि आवेदन दिन सक्ने जनाएको छ । तर मेट्सले जनर्वरी १ तारिक भन्दा पछि विद्यार्थी भिसामा मेलबर्न आउने विद्यार्थीहरुलाई मात्र आर्थिक सहयोग गर्ने छ ।

कोरोना भाइरसले विश्वभरि आक्रान्त वनाइरहेको बेला नेपालबाट अष्ट्रेलियामा रहेर कलेज तथा कन्सलटेन्सि सञ्चालन गरेका सञ्चालकहरुले विद्यार्थीहरुका लागि यस्तो सेवा सञ्चालन गरेका हुन ।