काठमाडौं/१३ चैत्र – विद्यार्थी जिवनमा सबैभन्दा महत्वपूर्ण काम भनेकै पढाई हो । पढाई र विद्यार्थीबीच परिपूरक सम्बन्छ रहेको हुन्छ । जसरी मानव जिवनका लागि गाँस, बाँस र कपासको अति आवश्यकता छ, त्यसैगरि नै विद्यार्थी जीवनका लागि पढाईको ठूलो महत्व छ ।
आजको विज्ञान तथा प्रविधि युगमा डिजिटल उपकरणले विद्यार्थी जिवनमा धेरै नै प्रभाव पारेको छ । प्राविधिक उपकरण तथा सामाजिक सञ्जालले विद्यार्थीलाई सामाजबाट टाढा लग्दै गएको छ । अहिले सामाजिक सञ्जाल हरेक व्यक्तिका लागि जीवनकै अभिन्न अंगजस्तै भएको छ । विश्वको पूरै जनसंख्याको झण्डै ४० प्रतिशत मानिसहरू सामाजिक सञ्जाल प्रयोग गर्दछन् । यसको मतलब संसारको करिब ३ अर्ब मानिसले सामाजिक सञ्जालको प्रयोग गरिरहेका छन् । नेपालजस्तो थोरै जनसंख्या र कम विकसित मुलुकमा पनि सामाजिक सञ्जालको प्रयोगकर्ता झण्डै एक करोडको हाराहारीमा छन् र यो क्रम निरन्तर बढ्दो छ । हरेक मानिसले औसतमा दुई घण्टा जति सामाजिक सञ्जालहरूमा फोटो, स्ट्याटसहरू अपलोड गरेर लाइक, सेयर वा ट्वीट गरि समय बिताइरहेका हुन्छन् भने हरेक मिनेटमा दशौँ लाख ट्वीट र स्न्यापच्याटमा फोटो अपलोड हुने अध्ययनले बताएको छ ।
धेरै एप्सहरूमध्ये यहाँ फेसबुक, ट्वीटर, युट्युब र इन्स्टाग्राम जस्ता सञ्जाल बढी लोकप्रिय छन् । यसमध्ये फेसबुकको प्रयोग अझ बढी नै हुने गरेको पाईन्छ । फेसबुक एक निजीरूपमै सञ्चालित सामाजिक सञ्जाल हो, प्रयोगकर्ताहरूले एक–अर्कासँग साथी बन्न, सन्देश पठाउन र भावना साट्न यसको बढी प्रयोग गर्ने गरेको पाईन्छ । आफ्नो प्रोफाईल तथा विभिन्न फोटो अपलोड गरी साथीहरूलाई उनीहरूबारे जानकारी गराउन अधिकांश मानिसले यसको प्रयोग गरिरहेका छन् । यसका साथै विभिन्न शहर, संघ–संस्था, कम्पनी, स्कूल तथा कलेजहरूले पनि आफ्नो कार्यस्थलको गतिविधि वा त्यससम्बन्धि जानकारी दिन पनि फेसबुककै प्रयोग गरिरहेका छन् ।
फेसबुकको प्रयोगले अधिकांश मानिसहरू त्यसमध्ये पनि युवायुवती तथा विद्यार्थीहरूमा मानसिक स्वास्थ्य, रहनसहन तथा दैनिकीमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा असर गरिरहेको देखिन्छ । केही अध्ययनले सामाजिक सञ्जाल तथा फेसबुकको प्रयोगले मानिसमा मानसिक चिन्ता वा डिप्रेसन बढिरहेको समेत बताईएको छ । फेसबुकका अधिकांश प्रयोगकर्ता अहिले दुव्र्यसनीमा लागे जस्तै भएका छन् । तीमध्ये अधिकांश युवायुवती तथा विद्यार्थीहरू परेका छन् । ७०० जना विद्यार्थीलाई गरिएको दुई वटा अनुसन्धानले अनलाइन अन्तत्र्रिmयापछि विद्यार्थीहरूमा खराब मुड, निराशा र व्यर्थपन बढेको पाइएको थियो । नकारात्मक अन्तत्र्रिmयाबाट भने डिप्रेसनको लक्षण अझ बढी रहेको पनि पाइएको थियो ।
फेसबुकको प्रयोगले विद्यार्थीहरूको निद्रामा समेत धेरै असर पारिरहेको देखिन्छ । सामाजिक सञ्जालमा बेलाबेलामा लग इन गरेर हेर्नुपर्ने बानीले अहिले अधिकांश विद्यार्थीले किताबलाई भन्दा बढी मोबाइललाई नै साथी बनाएको पाईन्छ । यसले एक किसिमको लत नै सिर्जना गरिदिएको छ । सामाजिक सञ्जालमा बढी समय व्यतीत गर्नाले विद्यार्थीले आफ्नो कोर्षबुकमा त्यति ध्यान दिएको पाईन्न । वास्तविक जीवनमा साथीभाई, आफन्त र छरछिमेकीसँग कम अन्तत्र्रिmया गर्ने, सम्बन्धहरूमा समस्या रहेका तथा पढाइमा प्रगति गर्न नसकेका धेरै मानिसहरूले सामाजिक सञ्जालमा धेरै समय बिताउने पाइएको देखिन्छ । अहिले खानेकुरा, रक्सी, जुवातास तथा अन्यको मोहसँगै सामाजिक सञ्जालको मोह पनि चुलिँदो छ ।
नयाँ तथ्याङ्क अनुसार धेरैजसो मानिसहरू सामाजिक सञ्जालको प्रयोग गर्दै दिनको दुई घण्टा स्मार्टफोनमा बिताउँछन् । कोही त इन्टरनेटमा दिनको ६ घण्टा तथा यो भन्दा बढी समयसम्म प्रयोग गर्छन् । यसरी मोबाइल फोन वा ईन्टरनेटको अत्यधिक प्रयोग गर्दा विशेषगरी किशोरावस्थामा मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्ने अध्ययनहरूले देखाएका छन् । सामाजिक सञ्जालको प्रयोगले व्यक्तिलाई एक्ल्याउँदै लगेको छ । उनीहरूलाई समाजबाट टाढा अर्थात् असामाजिक बनाउँदै छ । धेरै सम्बन्ध तोडिनुमा सामाजिक सञ्जालले मुख्य उत्प्रेरकको काम गरेको समाचार बेलाबेलामा सुन्न सकिन्छ । त्यस्तै, विभिन्न अपराधिक घटनामा पनि कुनै न कुनै रूपमा सामाजिक सञ्जाल जोडिएका उदाहरण पनि प्रशस्तै पढ्न र सुन्न सकिन्छ ।
फेसबुकको प्रयोग अत्यधिक मात्रामा बढ्दै गईरहेको अवस्थामा यसले बाहिरी दुनियांमा भुलाउने र पढाईमा कम रूची पार्ने काम बढी भईरहेको छ । तसर्थ, विद्यार्थीहरूले प्रविधि प्रयोगको समय घटाउनु नै उचित हुन्छ । यसले विद्यार्थीको अध्ययनमा नुक्सान हुन पाउंदैन र आफ्नो कोर्षबुकमा बढी समय व्यतित गर्न सकिन्छ । विद्यार्थीले पढाई सिवाय अन्य कामलाई गौणमा राख्नुपर्छ ।
अहिलेको विज्ञान तथा प्रविधि युगमा मोबाईल तथा विभिन्न सामाजिक सञ्जालको पनि महत्व छ, सामाजिक सञ्जाल खराब नै हो भन्नु गलत हुन्छ, किनकी यसका अनेक लाभदायी पक्षहरू पनि छन् । हरेक वस्तुमा सकरात्मक तथा नकरात्मक दुईटै पक्ष हुन्छन् । विद्यार्थीको जिवनमा प्रविधि र विज्ञानको उपयोगको पनि धेरै महत्व छ । यसको सही सदुपयोग गरी यसबाट भरपूर फाइदा लिनसक्नु विद्यार्थीकै हातमा छ । यदि सदुपयोग गर्न जान्यौं भने सामाजिक सञ्जालका धेरै फाइदा पनि छन् । कुनै विषयको अध्ययन र अनुसन्धानमा यिनीहरू निकै उपयोगी सिद्ध हुनसक्छन् । विद्यार्थी जिवनमा अध्ययन तथा अनुसन्धानका लागि तथ्यांक र सूचनाहरू प्राप्त गर्नका लागि पनि यसको सदुपयोग गर्न जान्नुपर्छ । तर यसो भन्दैमा धेरै नै समय व्यतीत गर्नु हुंदैन । सकेसम्म कम इन्टरनेट चलाउने तथा आवश्यकता अनुसार मात्र चलाउने गर्नुपर्छ । निश्चित कामका लागि मात्र मोबाइल चलाउने गर्नुपर्छ । सामाजिक सञ्जालको सेवालाई लत नै लाग्ने गरी चलाउनु उपयुक्त हुंदैन । फेसबुक र गुगलजस्ता सामाजिक सञ्जालको सहि सदुपयोग गर्दै लैजानुपर्छ ।
सामाजिक सञ्जाललाई आवश्यकता अनुसार विभिन्न खोज, अध्ययन, अनुसन्धान र राम्रो कामका लागि मात्र प्रयोग गर्नुपर्छ । साथसाथै, आफ्नो लक्ष्य हासिलका लागि आफूले कत्तिको अध्ययनमा प्रगति गरिरहेको छु भन्ने कुरामा पनि ध्यान दिनु जरूरी छ । आफूलाई सही मार्गमा लगिरहेको छ कि गलत मार्गमा लगिरहेको छ भन्ने कुरालाई पनि नियाल्ने गर्नुपर्छ, आफैलाई प्रश्न गर्नुपर्छ । सामाजिक सञ्जालका कारण यदि पढाईमा ध्यान दिन सकिरहेको छैन भने थोरै समय लगाएर भएपनि नियमित रूपमा प्रत्येक दिन पढ्ने बानी बसाल्नुपर्छ । पढाईबाट ध्यान हटाउने वस्तुबाट सकेसम्म टाढै रहनुपर्छ । हाम्रो दिमागले त्यहि कार्य गर्छ, जुन कार्य गर्न हाम्रो मस्तिष्कले निर्देशन गर्छ । तसर्थ असम्भव केही छैन । पढ्नका लागि विद्यार्थीले कहिल्यैपनि अल्छ्याईं गर्नुहुन्न । परिक्षामा त्यहि विद्यार्थी अब्बल हुन्छ, जसले नियमित रूपमा अध्ययन गर्दछ । पढाईलाई कहिल्यै पनि बोझको रूपमा लिनुहुँदैन ।
पढाईका लागि विद्यार्थी सधैं उत्साहित हुनुपर्छ । फेसबुकजस्ता सोसियल मिडिया, मोबाईल, गेम्स र टेलिभिजनको आवश्यकता अनुसार मात्र प्रयोग गर्नुपर्छ । पढाईमा राम्रो गर्न ईलेक्ट्रोनिक यन्त्रदेखि सकेसम्म टाढा बस्नुपर्छ । समय बितेपछि पढ्न पार्इंन भनेर पछुताउनुभन्दा समय छंदै आफ्नो बानीलाई सुधार्नुपर्छ ।
पढाई पनि एउटा कला हो, ज्ञानको सागर हो । यसलाई विद्यार्थीले राम्रो सँग बुझ्न सक्यो भने यसमा जति रमाईलो अरू केहीमा पनि हुंदैन । अध्ययनले नै मानिसलाई विद्धान, क्षमतावान र नैतिकवान बनाउँछ । शिक्षाविना कुनैपनि मानिसको जिवन पूर्ण हुन सत्तैmन । एक शिक्षित व्यक्तिले आफ्नो ईच्छाअनुसार जस्तोसुकै पनि कार्य सम्पादन गर्न सकिन्छ, शिक्षितलाई जहाँ पनि सहज तरिकाले अवसर मिल्छ, आफूले चाहे अनुसारको जीवनयापन गर्न सकिन्छ । पढेलेखेको व्यक्ति हर मुश्किल तथा समस्याबाट सहज रूपले बाहिर निस्कन सक्छ । शिक्षाले नै जीवनलाई अझ बढी उचाईमा लान मद्दत पु¥याउँछ । तसर्थ, विद्यार्थीले अरू कामलाई भन्दा बढी कोर्षबुकलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । पढाईलाई विद्यार्थीले गम्भिरतापूर्वक लिनुपर्छ । पढाईको महत्वलाई समयमै बुझेर अघि बढ्नुपर्छ ।