काठमाडौं/९ चैत–सरकारी छात्रवृत्तिमा चिकित्सका विषय अध्ययन गरेका विद्यार्थीलाई सरकारले कोरोना भाइरस संक्रमितको उपचारमा खटाउने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश सरकारलाई पत्र लेखी कोरोना भाइरस रोकथामको विशेष तयारी र उपचार प्रक्रियालाई थप प्रभावकारी बनाउन सरकारी छात्रवृत्तिमा डाक्टर पढेका विद्यार्थीलाई खटाउने जनाएको छ ।
सरकारी छात्रवृत्तिमा एमबीबीएस र एमडी÷एमएस अध्ययन सकेका डाक्टरलाई आवश्यकता अनुसार परिचालन गर्न मन्त्रालयले प्रदेश सरकारलाई आग्रह गरेको छ ।
प्रदेश अन्तर्गत कार्यरत मेडिकल अधिकृत (एमबीबीएस वा सो सरह शैक्षिक योग्यता भएका), वरिष्ठ चिकित्सकहरु (एमडी÷एमएस शैक्षिक योग्यता भएका), मेडिकल कलेजहरुमा नेपाल सरकारको छात्रवृत्तिमा अध्ययन एमडी÷एमएस का विद्यार्थीहरु तथा एमबीबीएस का विद्यार्थीहरु यस रोगको रोकथाम तथा नियन्त्रणका लागि आवश्यकता अनुसार परिचालन गर्न निर्देशन दिएको छ ।