काठमाण्डौं/५ चैत्र – ६ गतेदेखि तोकिएको एसईई परीक्षा स्थगित गरेसंगै सरकारले सबै शैक्षिक संस्था बन्द गर्ने लगाएत विश्वविद्यालय र प्राविधिक तथा व्यवसायिक शिक्षा परिषद् सीटीईभीटीका परीक्षासमेत स्थगित गरेको छ ।
कोरोना भाइरसको रोकथामको लागि सरकारले चैतमा हुने एसईई परीक्षा, विश्वविद्यालय र सीटीईभीटीका सबै परीक्षा स्थगित गरेको हो ।
बिहीबार सम्बन्धित पदाधिकारीसँग बैठक गरेर थप रणनीति तय गरिने शिक्षा विज्ञान तथा प्रविधिमन्त्रालयले खबर एजुकेशन अनलाइनलाई जानकारी दिएको छ ।
विश्वविद्यालय र सीटीईभीटीका सबै परीक्षा स्थगित
