काठमाडौं/७ साउन – शिक्षक सेवा आयोग तयारीका लागि एकाइ एक अन्तर्गत शैक्षणिक योजना र कक्षाकोठा व्यवस्थापन अन्तर्गत शैक्षणिक व्यवस्थापनबाट नमूना विषयगत प्रश्नोत्तरको (भिडियोसहित) दिइएको छ ।
यस सम्बन्धी अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।
यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै पाठ्यव्रmम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।
पाठ्यक्रम : कक्षा शिक्षण, विषय शिक्षण र वहुकक्षा शिक्षण, कक्षा कोठामा विविधता व्यवस्थापन (भाषिक, सामाजिक, सिकाइ क्षमता, बौद्धिक र शारीरिक)
सम्भावित प्रश्नोत्तरहरु
१.कक्षा शिक्षण र बहुकक्षा शिक्षणको परिचय दिई आधारभूत तहको तल्ला कक्षामा कक्षा शिक्षणका कुनै तीन फाइदा लेख्नुहोस् । कक्षा कोठामा विविधता व्यवस्थापन कसरी गर्न सकिन्छ ? उदाहरण सहित सुझाव प्रस्तुत गर्नुहोस् । (वि.सं. २०७९ को परीक्षामा सोधिएको)
२.कक्षामा विद्यार्थीहरूको विविध आवश्यकतालाई कसरी सम्बोधन गर्न सकिन्छ ? शिक्षण विधिहरूलाई कसरी फरक–फरक शैलीमा समायोजन गर्न सकिन्छ ? लेख्नुहोस् ।
३.कुनै एक विशेष विषयवस्तुको शिक्षण गर्दा पाठ्यक्रमको मुख्य उद्देश्यहरू, विद्यार्थीहरूको रुचि र क्षमताहरू बीच सन्तुलन कसरी कायम गर्न सकिन्छ ? लेख्नुहोस् ।
४.वहुकक्षा शिक्षणमा भिन्न–भिन्न कक्षाका विद्यार्थीहरूलाई समान पाठयोजनामा कसरी शिक्षण गर्न सकिन्छ ? वहुकक्षा शिक्षणमा भिन्न–भिन्न कक्षाका विद्यार्थीहरूलाई शिक्षण गर्दा आईपर्ने चूनौति र समाधानका उपायहरु के के हुन् सक्छन् ? लेख्नुहोस् ।
५.प्रभावकारी कक्षा व्यवस्थापन भनेको के हो ? प्रभावकारी कक्षा व्यवस्थापनको लागि कस्ता किसिमका प्रविधिहरू र रणनीतिहरू उपयोग गरेमा सकारात्मक शिक्षण वातावरण कायम गर्न सकिन्छ ?
६.कक्षा कोठामा शिक्षण गर्दा विविध भाषाभाषीका विद्यार्थीहरुबीच सहयोग र संचारलाई कसरी प्रभावकारी बनाई शिक्षण गर्न सकिन्छ? उदाहरणहरु सहित व्याख्या गर्नुहोस् ।
७.कक्षाकोठामा विभिन्न सांस्कृतिक पृष्ठभूमिका विद्यार्थीहरुबीच सामञ्जस्य र सहयोग अभिवृद्धि गर्न शिक्षकले कस्ता किसिमका शिक्षण विधिहरु अपनाउनु पर्छ ?



