जनकपुर/४ साउन – शिक्षक सेवा आयोग बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा विकास निर्देशनालय, जनकपुरले कार्य सम्पादन मूल्याङ्कनका आधारमा हुने शिक्षक बढुवा नतिजा प्रकाशन गरेको छ । मधेश प्रदेश अन्तर्गतका कार्य सम्पादन मूल्याङ्कनका आधारमा हुने शिक्षक बढुवाको नतिजा प्रकाशन गरेको हो ।
आयोगले सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट र बारा जिल्लाको प्राथमिक तह द्वितीय श्रेणीको नतिजा प्रकाशन गरिएको जनाएको छ । नतिजा शिक्षा विकास निर्देशनालय, जनकपुरधामको वेबसाइट www.edd.madhesh.gov.np मा हेर्न सकिने जनाएको छ ।



