३० नमुना विद्यालयलाई समयमै विवरण पठाउन केन्द्रको निर्देशन

काठमाडौं/३० फागुन–शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नमुना विकासका लागि छनोट भई अनुदान प्राप्त गरिरहेका विद्यालयहरुलाई आगामी चैत ७ भित्र आवश्यक विवरण तत्काल पठाउन पत्राचार गरेको छ ।
केन्द्रले अनुदान प्राप्त गरिरहेका विभिन्न जिल्लाका ३० विद्यालयलाई तत्काल विवरण नपठाए सुविधा कटौती गरिदिने स्पष्ट पारेको छ । नमुुना विद्यालय छनोट भएका विद्यालयहरुले न्युनतम रुपमा नमुना विद्यालयका लागि स्वीकृत गुरुयोजना, अंग्रेजी, गणित र विज्ञान विषय शिक्षकको विवरण, निर्देशिकाबमोजिम प्रधानाध्यापकको नियुक्तिको विवरण केही विद्यालयले अझै उपलब्ध नगराएको केन्द्रले जनाएको छ ।
केन्द्रले चैत ७ भित्र पनि विद्यालयले विवरण नपठाएमा आगामी वर्षमा नमुना विकासका लागि नेपाल सरकारबाट प्रदान गरिने सुविधा कटौती हुन सक्ने अवस्था आउने बताएको छ ।