काठमाडौं/२९ फागुन–पाठ्यक्रम विकास केन्द्रले गणित विषयलाई ऐच्छिक बनाएको भन्दै विवाद भईरहेको बेला कक्षा ११ र १२ मा गणित तथा कम्प्युटर विषयका बारेमा अध्ययन गर्न समिति गठन गरेको छ ।
केन्द्रले पुुल्चोक इन्जिनियरिङ क्याम्पसका प्रा.डा. सुवर्ण शाक्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । समितिमा सानोठिमी क्याम्पसका रमाकान्त पाण्डे, प्रकाश खतिवडा, पाठ्यक्रम विकास केन्द्रका गणित तथा विज्ञान शाखाका निर्देशक प्रमिला वखती सदस्यका रुपमा रहेका छन् । समितिको सदस्य सचिवमा केन्द्रका पाठ्यक्रम अधिकृत खिलानाथ धमलालाई तोकिएको छ ।
केन्द्रले दिएको चार बुँदे कार्यादेश आधारमा समितिले सुुझाव सहितको प्रतिवेदन पेश गर्न सात दिनको अवधि दिएको छ ।
कार्यादेश
१) गणित तथा कम्प्युटर विज्ञान विषयसँग सम्बन्धित विश्वविद्यालय र उच्च शिक्षा सम्बद्ध सरोकारवालाहरुसँग छलफल र अन्तरक्रिया गर्ने
२) विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ र यसमा भएको विषयगत संरचनाका बारेमा अध्ययन गर्ने
३) साधारण धारतर्फ कक्षा ११ र १२ मा भौतिक विज्ञान, प्राणी विज्ञान र रसायन विज्ञान विषयका अतिरिक्त कम्प्युटर विज्ञान तथा गणित विषय अध्ययन गर्ने प्रावधान मिलाउने बारेमा उपयुुक्त सम्भावनाको खोजी गर्ने
४) उल्लेखित विषयवस्तुुबारेमा कार्य प्रारम्भि गरेको ७ (सात) दिनभित्र सुुझाव सहितको प्रतिवेदन पेश गर्ने ।