नक्कली अध्यापन अनुमति पत्र पेश गरी जागिर खाने शिक्षिका विरुद्ध मुद्दा

काठमाडौं/२७ फागुन–अख्तियार दुुरुपोग अनुसन्धान आयोगले नक्कली शिक्षक अध्यापन अनुुमति पत्रका भरमा ९ वर्षदेखि राहत अनुदान कोटामा कार्यरत एक जना शिक्षिका विरुद्ध मुद्दा दायर गरेको छ ।
आयोगले श्री युवा प्राथमिक विद्यालय गोइठी टिकुलिया महोत्तरीमा कार्यरत महिला शिक्षिका विरुद्ध मुुद्दा दायर गरेको हो । शिक्षिका पवनदेवी यादवले अध्यापन अनुुमति पत्रका २०६७ असोज ६ गतेदेखि नियुुक्ति भई २०७६ जेठ ९ गते सम्म शिक्षण गरेको अख्तियारको भनाई छ । आयोगमा शिक्षिक यादवप्रति परेको उजुरीको छानबिन हुँदा उनले नक्कली स्थायी अध्यापन अनुमति पत्रका भरमा सार्वजनिक पदको दुरुपयोग गरेको आयोगले जनाएको छ ।
उनी विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० अनुसारको कसुर गरेको देखिएको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिम सजाय हुन मागदाबी गर्दै अख्तियारले विशेष अदालत, काठमाडौंमा शुक्रबार  मुद्दा दर्ता गराएको हाे ।