काठमाडौ/२१ फागुुन–अख्तियार दुुरुपयोग अनुसन्धान आयोगले माध्यमिक तह तृतीय श्रेणीका एकजना स्थायी शिक्षक विरुद्ध मुद्दा दायर गरेको छ ।
१३ वर्षे देखि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी स्थायी भई कार्यरत शिक्षक विरुद्ध आयोगले मंगलबार काठमाडौं विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगले काठमाडौंको लैनचौरमा रहेको श्री शान्ति विद्यागृह माध्यमिक विद्यालयका मावि शिक्षक तृतीय (शिक्षक) दिपक बाबु अर्याल विरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक सेवामा कार्यरत रहि लाभसमेत लिई भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको हो । उनले मगध विश्वविद्यालय बिहार भारतबाट बीएस्सी परीक्षा उत्तीर्ण गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी ०५७ साल मा मावि शिक्षक तृतीयको पदमा अस्थायी नियुुक्ति र ०६३ मा स्थायी नियुुक्ति लिएको आयोगको भनाई छ ।
उनको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर गरेको देखिन आएकोले निजलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई मुद्दा दायर गरिएकाे छ ।