काठमाडौं/२० फागुन–शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीको खुला प्रतियोगितात्मक परीक्षाको तीन विषयको पाठ्यक्रम २०७६ सार्वजनिक गरेको छ ।
आयोगले मावि तह तृतीय श्रेणीका खुला प्रतियोगितात्मक परीक्षाको नेपाली, अंग्रेजी र गणित विषयको विषयगत परीक्षाको पाठ्यक्रम सार्वजनिक गरेको छ । आयोगले शिक्षक सेवा नियमावलीको दशौं संशोधन अनुसार पाठ्यक्रम तयार गरेको हो ।
आयोगले गत असोजमा लिएको शिक्षक लाइसेन्स परीक्षाको सबै तहको नतिजा सार्वजनिक गरिसक्ने बित्तिकै खुला विज्ञापन गर्ने उद्देश्यका साथ पाठ्यक्रम तयार गरिरहेको छ । आयोगले फागुन १ गते सबै तहको सामान्य परीक्षाको पाठ्यक्रम सार्वजनिक गरिसकेको छ ।
यस्ताे छ पाठ्यक्रम
http://www.tsc.gov.np/doc/1583201898Final%20Maths%20Curriculum11-19.pdf
http://www.tsc.gov.np/doc/1583201924English%20Curriculum%20Final%20Sec11-19.pdf