काठमाण्डौं/२० फागुन– विराटनगर ५ मा रहेको एभरेष्ट माध्यामिक विद्यालयले स–साना विद्यार्थी बालबालिकाहरूको प्रतिभालाई प्रस्फुटन गर्दै मन्टेश्वरीस्तरीय साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त साँस्कृतिक कार्यक्रममा आईतबार कक्षा नर्सरीदेखि यूकेजीसम्मका र सोमबार कक्षा १ का विद्यार्थी बालबालिकाले सहभागिता जनाएको थियो । सो कार्यक्रममा विद्यालयले बालबालिकासँगै अभिभावकलाई पनि विभिन्न प्रतिष्पर्धात्मक खेलहरूमा सहभागी गराएको थियो । अभिभावकहरूलाई म्यूजिकल चियर र धागो काट्ने प्रतिष्पर्धा गराइएको विद्यालयका अतिरिक्त क्रियाकलाप इञ्चार्ज राजन भट्टराईले बताए ।
कार्यक्रममा बालबालिकाहरूले विभिन्न जातिका सँस्कृति झल्कने पोशाक लगाएर नृत्य, गायन, नाटक, फेसन–शोलगायतका विभिन्न विधाहरूमा प्रस्तुति देखाएका थिए । आफ्ना स–साना छोराछोरीलाई प्रोत्साहन गर्दै तिनीहरूको प्रतिभालाई हेरेर अभिभावकहरू सबै रोमाञ्चित बनेका थिए ।
सो साँस्कृतिक कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य टिकाराम पुरीले शिक्षालाई शीप, संस्कार प्रविधिसँग जोड्नुपर्छ र यस्तो शिक्षा प्रदान गर्न एभरेष्ट सक्रिय रहेको बताए । विद्यालयले आयोजना गर्ने यस्ता विविध क्रियाकलापले स–साना विद्यार्थी बालबालिकाहरूले पनि आफ्नो देशको मौलिक सँस्कृति तथा व्यवहारीक सीपलाई नजिकै सँग पहिचान गर्न सक्ने भनाई व्यक्त गरे । उनले अभिभावकलाई पनि आफ्ना बालबालिकालाई सानैदेखि व्यवहारीक सीप र संस्कार सिकाउनुपर्ने सुझाव समेत दिए ।