गणित विषयको एसईई तयारी परीक्षामा पायोनियरका सुरज रोका प्रथम

काठमाण्डौं/११ फागुन– एड्भान्स चामुण्डा इन्स्टिच्युटले सञ्चालन गरेको गणित विषयको एसईई तयारी परिक्षामा बूढानीलकण्ठस्थित पायोनियर पब्लिक स्कूलका सुरज रोका प्रथम भएका छन् ।
फाल्गुन ३ गते आयोजना गरेको १२औँ सिजन अन्तर्गत गणित विषयको एसईई तयारी परिक्षामा २४ सय जना सहभागीलाई पछि पार्दै पायोनियरका सुरज च्याम्पियन बनेका हुन् ।
शनिबार भएको नतिजा प्रकाशनबाट रोका प्रथम भएको हो । नतिजा सार्वजनिक भएलगत्तै एड्भान्स चामुण्डा इन्स्टिच्युटले पुरस्कार वितरणको औपचारिक कार्यक्रमको आयोजना गर्दै सुरजलाई नगद पाँच हजार रकम सहित ट्रफी, मेडल र प्रमाण–पत्रद्धारा पुरस्कृत गरिएको थियो । साथै उनले कक्षा १२ सम्म पूर्ण छात्रवृत्ति पाउने भएको छ ।
परिक्षामा काठमाडौँ प्याब्सन अन्तर्गत रहेका प्याब्सन गोकर्णेश्वर नगर, प्याब्सन कागेश्वरी नगर, प्याब्सन शंकरापुर नगरकमिटी तथा प्याब्सक, एन प्याब्सन काठमाडौँ, ईसान, मार्समा आवद्ध एसईई तयारी विद्यार्थीहरूले सहभागिता जनाएको थियो ।