काठमाडौं/११ फागुन– काठमाडौंको नयाँ बानेश्वर लाखेचौरमा रहेको काठमाडौं जेभियर्स स्कुलले शनिबार एकदिने शैक्षिक मेलाको आयोजना गरेको थियो ।

कक्षाकोठामा विद्यार्थीले पढेको सौद्धान्तिक ज्ञानलाई उजागर गर्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त मेलामा विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले ५० वटा विभिन्न विषय सँग सम्बन्धित स्टल राखेको मेला संयोजक अर्जुन भुसालले जानकारी दिए । विद्यार्थीलाई कक्षाकोठामा पढाइन्छ मात्र तर यस्ता मेलाले उनीहरुमा भएको सौद्धान्तिक ज्ञानलाई व्यवहारमा रुपान्तरण गर्न सहयोग गर्ने उनको बुझाई छ ।

शैक्षिक मेलामा प्रि–प्राइमरी क्रियटिभ कर्नर, फुड स्टल, खेल तथा मनोरञ्जन, म्याथम्याट्रिक्स, विज्ञान, सामाजिक, ओबीटिईको प्रदर्शनी गरिनुका साथै रोबटिक्स पनि राखिएको थियो । भुसालले मेलामा ट्राफिक स्टल राखी ‘ट्राफिक उज्यालाे अभियान’ का बारेमा अभिभावक र विद्यार्थीहरुलाई बुझाएको समेत बताए ।
मेलामा अभिभावकको राम्रो उपस्थिति हुनुका साथै अन्य विद्यालयका विद्यार्थीले समेत मेलाको अवलोकन गरेका थिए । मेलाको उद्घाटन वाग्मती प्रदेशका सदस्य दिपेन्द्र श्रेष्ठले गरेका थिए ।




