काठमाडौं /१८ मंसिर-त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषयको मौका परीक्षाको आवेदन फारम खुला गरेको छ । सेमेष्टर परीक्षा प्रणाली अनुसार चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषयको मौका परीक्षाको आवेदन फारम खुला गरेको हो ।
विश्वविद्यालयले चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषय अध्ययन गरी उत्तीर्ण हुन नसकेका २०६९ साल देखि अवधी नागेका विद्यार्थीहरुलाई एक पटकका लागि मौका परीक्षाको व्यवस्था गरेको जनाएको छ ।
कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषयको प्रथम वर्ष प्रथम सत्रदेखि चौथो वर्ष आठौं सत्र सम्मको परीक्षाको परीक्षा आवेदन माघ १६ गतेसम्ममा बुझाउनु पर्ने छ ।




