काठमाडौं/१७ मंसिर–शिक्षक सेवा आयोगले खुला प्रतियोगात्मक सामाजिक विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको २०७८ चैत १७ र २०७९ असार ११ गते लिइएको खुला प्रतियोगात्मक लिखित (सामान्य र विषयगत) परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
आयोगले प्रदेश १, मधेश, बागमती, कर्णाली प्रदेशको सामाजिक विषयको खुला प्रतियोगात्मक लिखित परीक्षा निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । साथै परीक्षामा सम्मिलित भएका उम्मेदवारहरुको रोल नम्बरको क्रममा अन्तवार्ताका लागि मिति समय स्थान समेत तोकेको छ ।
यहाँबाट हेर्नुहोस नतिजा :
https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=240&fn=social%204%20pradeesh%2012-3-2022.pdf



