काठमाडौं/१६ मंसिर-शिक्षा विकास निर्देशनालय बागमती प्रदेश हेटौंडाले शिक्षण सिकाइ सहयोग अनुदानका लागि प्रस्ताव माग गरेको छ । शून्य दरबन्दीमा सञ्चालन भएका सामुदायिक माध्यमिक विद्यालयहरूसँग शिक्षण सिकाइ सहयोग अनुदानका लागि प्रस्ताव माग गरेको हो ।
निर्देशनालयको वार्षिक कार्यक्रम अनुसार माध्यमिक तहमा सङ्घ, प्रदेश र स्थानीय तहबाट कुनैपनि दरबन्दी, राहत, अनुदान कोटा नपाई शून्य दरबन्दीमा सञ्चालन भएका विद्यालयहरूलाई शिक्षकण सिकाई अनुदान उपलब्ध गराउने भएकोले प्रस्ताव माग गरेको हो ।
अनुदान उपलब्ध गराउनका लनगि शिक्षण सिकाइ सहयोग अनुदान वितरण मापदण्ड २०७८ को दफा २ बमोजिमका सर्त पूरा गरेका विद्यालयहरूले १५ दिनभित्र मापदण्ड २०७८ को अनुसूची १ को ढाँचामा प्रस्ताव तयार गरी निर्देशनालयमा पठाउनु भनिएको छ ।




