काठमाडौं /१३ मंसिर–त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलयले ४८औं दीक्षान्त समारोहमा दीक्षान्त पदक तथा पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरुको नमावली सार्वजनिक गरेको छ ।
मंसिर २३ गते पुल्चोक क्यम्पसको खेल मैदानमा आयोजना गरीने ४८ औं दीक्षान्त समारोहमा विश्वविद्यालयबाट लिइएका विभिन्न तह र विषयका परीक्षाहरुमा सर्वप्रथम हुने विद्यार्थीहरुको नमावली सार्वजनिक गरेको हो ।




