मध्यपश्चिम विश्वविद्यालयले महिला हिंसा विरुद्धको कार्यक्रम संचालन गर्ने

सुर्खेत/११ मंसिर-मध्यपश्चिम विश्वविद्यालयले प्रमुख तीन क्षेत्रमा महिला हिंसा विरुद्धको कार्यक्रम संचालन गर्ने भएको छ । महिला हिंसा विरुद्धको अभियान अरेन्ज द वल्र्ड संचालनका लागि सामाजिक सचेतना कार्यक्रम, महिला हिंसा विरुद्धको रक्षात्मक कला प्रदर्शन र लैंगिक हिंसा सम्बन्धी कार्यक्रम संचालन गर्ने भएको हो ।


उपकुलपति प्रा.डा. नन्द बहादुर सिंहको अध्यक्षतामा शनिबार बसेको बैठकले लैंगिक हिंसा सम्बन्धी समस्या सुन्ने र आवश्यक सहयोग गर्ने तथा अध्ययन अनुसन्धान गर्नका लागि स्थायी एमयू सक्रियता केन्द्र स्थापना गर्ने गरी तीन वटा निर्णय गरेको उपकुलपति कार्यालयका सूचना प्रविधि विज्ञ उप.प्रा. पन्चदेव भट्टले जानकारी दिए ।


उक्त कार्यक्रमहरु संचालन गर्नका लागि मध्यपश्चिम विश्वविद्यालय ग्र्याजुएट स्कुल अफ एडुकेशनका उप–प्राध्यापक कल्पना पौडेलको संयोजकत्वमा एक समिति रहनेछ भने मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिको संरक्षत्व तथा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष, रजिष्ट्रारज्यू, विश्वविद्यालय सेवा आयोगका सदस्य, डीनहरु, कार्यकारी निर्देशकहरु, परीक्षा व्यवस्थापन कार्यालय प्रमुख, प्राचार्य, विभागीय प्रमुख÷संयोजकहरु, निर्देशक तथा क्याम्पस प्रमुखहरु सल्लाहकारको भूमिकामा रहने छन् ।


यस अभियानको प्रमुख उदेश्य समाजमा विधमान विभिन्न किसिमका लैंगिक हिंसा विशेष गरी घरेलु महिला हिंसा र कार्यालय तथा क्याम्पस÷स्कुलहरुमा हुने लैंगिक हिंसा न्यूनीकरण गर्ने रहेको भट्टले बताए । उनले मध्यपश्चिम विश्वविद्यालयको यो अभियान नेपाल सरकार तथा संयुक्त राष्ट्र संघलाई समेत लैंगिक हिंसा न्यूनीकरणका राष्ट्रिय एवं अन्तरराष्ट्रिय कार्य र नीति निर्माणमा सहयोग गर्ने उद्देश्यका साथ् अगाडी बढेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *