काठमाडौं/२५ कार्तिक-नेपालको राष्ट्रिय शिक्षा नीति आमूल परिवर्तन गरी बालबालिका केन्द्रित तथा जीवनोपयोगी हुनु पर्छ भन्ने उद्देश्यले शिक्षासँग सरोकार राख्ने संघसंस्थाले पहल गरिरहेका छन् । आजको केन्द्रमा रहेको महत्वपूर्ण विधि तथा प्रविधि स्टेम हो ।
यसै सन्दर्भमा, काञ्जीरोवा नेसनल माध्यमिक विद्यालयले आफ्नो पच्चिसाँै वार्षिकोत्सवको अवसरमा विज्ञान, प्रविधि, इन्जिनियरिङ्, कला तथा गणितसँग सम्बन्धित “स्टेम सिकाइ चौतारी” कार्यक्रम आयोजना गरेको छ ।
कार्तिक २७ गते आयोजना गरीएकोउक्त कार्यक्रमा विद्यार्थीका लागि विविध प्रतियोगित्मक कार्यक्रम बिहान ९ बजेदेखि ३ बजेसम्म हुने, शिक्षक अन्तक्र्रिया कार्यक्रम बिहान १०ः३० बजेदेखि २ बजेसम्म र प्रधानाध्यपकसहित प्यानल छलफल बेलुकी ४ बजे सम्म गरीने काञ्जीरोवा स्कुलले जनाएको छ ।
कारखाना र रोबोटिक एसोसिएसनसँगको सहकार्यमा सञ्चालन हुने यस कार्यक्रममा उपत्यकाका ६० भन्दा बढी विद्यालयका विद्यार्थी, शिक्षक तथा प्रधानाध्यापकहरूको विभिन्न कार्यक्रममा सहभागिता रहनेछ । विद्यार्थीका लागि नवीनतम् आविष्कार सम्बन्धी चुनौती तथा रोबोट प्रयोग र सञ्चालन कार्यक्रम गरिनेछ भने शिक्षकहरू स्टेम सम्बन्धी विविध अन्तक्र्रियात्मक गोष्ठीमा सहभागी हुनेछन् । साथै प्रधानाध्यापकहरू प्यानल छलफलमा सहभागी हुनेछन् ।
कार्यक्रममा शिक्षा मन्त्रालयका सह–सचिव इन्दु विक्रम जोशी, काठमाडौँ विश्वविद्यालयका शिक्षा सङ्कायका डिन डा. बालचन्द्र लुइँटेल, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका प्रविधि विभाग प्रमुख डा. रवीन्द्र ढकाल, का.म.न.पा का शिक्षा सल्लाहकार रेशु अर्यालको विज्ञ प्रस्तुति रहने छ । उक्त छलफल नेपालको शिक्षा विकासमा एक प्रयास हुनेछ । प्यानल छलफलमा विज्ञहरूले व्यावहारिक तथा वैज्ञानिक शिक्षामा देखिएको चुनौती तथा यसका समाधानका विविध आयामहरूका बारेमा चर्चा गर्नेछन् ।
कार्यशालामा समसामयिक शैक्षिक विषयहरूका अनेकन् पाटाहरूमा विशेष परिचर्चा गर्दै बालबालिकाहरूको सिकाइलाई कसरी सरल र सहज बनाउन सकिन्छ भन्ने उपायको खोजी गरिने छ । साथै विभिन्न विद्यालयका विद्यार्थीहरू विज्ञान र प्रविधिसम्बन्धी प्रतिस्पर्धामा सहभागी हुनेछन् । वैज्ञानिक सोच र प्रयोगले कसरी आधुनिक समाजलाई प्रभावित पार्न सक्छ भन्ने कुराको प्रत्यक्ष अनुभव गर्नेछन् ।



