अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा फेरिल्याण्ड स्कुललाई दुई स्वर्ण पदक

काठमाडौं/२५ कार्तिक-फेरिल्याण्ड इन्टरनेसन स्कुलका दुई विद्यार्थीले अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । काठमाडौंको बूढानीलकण्ठ–१० बालुवाखानीमा रहेको सो विद्यालयका दुई विद्यार्थीले अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका हुन् ।


कात्तिक १९ देखि २१ गते थाइल्याण्डमा भएको अन्तर्राष्ट्रिय हिरोज भर्चुअल तेक्वान्दो प्रतियोगितामा प्रशिक्षणरत तेक्वान्दो खेलाडी कृपा खपाङी र अन्स श्रेष्ठले स्वर्ण जितेका हुन् ।


९ वर्ष उमेर समूहमा फिल्पिन्सलाई हराउँदै कृपाले स्वर्ण जितिन् भने १२ वर्ष उमेर समूहमा अस्ट्रेलियाका खेलाडीलाई पछि पार्दै अन्सले स्वर्ण जितेको विद्यालय जनाएको छ । त्यसैगरी विद्यालयले एक रजत र चार कास्य पदक जित्न सफल भएको जनाएको छ । सुसान भुजेलेले रजत जितेका हुन् भने कृतिका कट्वाल, युनिका खतिवडा, न्युटन खत्री र अपेक्षा ढुङगानाले कास्य पदक जित्न सफल भएका हुन् ।


प्रतियोगितामा फेरिल्याण्ड स्कुलका खेलाडीले अनलाइन सहभागिता जनाएका थिए भने नेपाल लगाएत १७ वटा विभिन्न राष्ट्रका ५०० भन्दा बढी विभिन्न उमेर समूह र विभिन्न विधामा खेलाडी सहभागी भएका थिए ।


प्रतियोगितामा फेरिल्याण्ड इन्टरनेशन स्कुलका दुई स्वर्णसहित सातवटा पदक जित्न सफल भएकोमा खुशी लागेको विद्यालयका निर्देशक रामप्रसाद गौतमले बताए । उनले विद्यार्थीलाई पठनपाठनसँगै विद्यार्थीको रुचि अनुसार खेल लगाएत विभिन्न विधामा प्रशिक्षण गरीने बताए ।