काठमाडौं/२० कार्तिक-प्राविकि शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सिटिइभिटी), परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तथा प्रमाणपत्र तहको परीक्षा आवेदन फारम खुला गरेको छ । आंगिक, साझेदारी, सामुदायिक विद्यालय र निजी स्तरका शिक्षण संस्थाहरुमा सञ्चालीत विभिन्न विषयको डिप्लोमा तथा प्रमाणपत्र तहको परीक्षा आवेदन फारम खुला गरेको हो ।
साथै परीक्षा माघ महिनामा सञ्चालन गर्ने भएकोले परीक्षार्थीहरुले आवेदन फाराम मंसिर ११ गतेभित्र नियमित शुल्कमा र १८ गतेभित्र विलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भरी बुझाउनु पर्ने सूचीत गरेको छ ।




