काठमाडौं/१५ कार्तिक-शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदका लागि लिइएको लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारहरुको अन्तर्वार्ता सकिएको जनाएको छ । आयोगले अन्तवार्ता सकिएसँगै स्थायी नियुक्तिका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई उम्मेदवारहरुको नामावली पठाइएको जनाएको छ ।
विभिन्न मितिमा आयोगबाट प्रकाशित माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेकोमा सफल भएका उम्मेदवारहरुको नामवली विवरण सहित योग्यता सूची स्थायी नियुक्तिको लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा आज पठाएको छ ।
साथै आयोगले सफल उम्मेदवारहरुले नियुक्तिको बारेमा जानकारीका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सम्पर्क गर्न सकिने जनाएको छ ।



