काठमाडौं/९ भदौ-पछिल्लो समय सामाजिक सञ्जालको एउटा रमाइलो माध्यम टिकटक रहेको छ । लिप्सिंग गर्न मिल्ने, छोटो समयका भिडियो हाल्न मिल्ने र लाइभ बस्न मिल्ने गरी यसको निर्माण गरएिको छ । यसैलाई धेरै मान्छेहरुले मनपराएर रमाइलोका रुपमा प्रयोग गरिरहेका छन् । यो सामाजिक सञ्जाल कतिका लागि राम्रो आफ्नो प्रतिभा देखाउने, मनमा लागेको भिडियो बनाएर हाल्ने, आफुलाई मन पर्ने गित लगाएतमा नाच्न पाइने र छोटा भिडियो राख्ने गतिलो माध्यम बनेको छ । तर, कतिले यसको गलत प्रयोग गरेर छाडा खालका समाजमा अपाच्य हुनेखालका भिडियो हाल्ने, लाइभमा बसेर गिफ्ठ माग्ने, पोशाक पनि मनलाग्दी लगाउने र भइरल हुने आशमा बिक्रितिलाई बढी अंगालेको देखिन्छ । यतिमात्रै होइन कतीका लागि यो माध्यम व्यापार व्यवसाय सञ्चालनका लागि विज्ञापन गर्ने गतिलो माध्यम पनि भएको छ । सहि सुचना मुलक विज्ञापनले विद्यार्थी तथा अभिभावकहरुमा सहि तथा यथार्थ सूचना प्राप्त गर्न सहज गराउँछ तर खराब सूचनाले अन्योलता र असहजताको निर्माण गर्छ । यसको आधारमा टिकटकमा विद्यार्थी बटुल्नका लागि दिइने गलत जानकारीले उनिहरुको भविष्य के होला ?
विगत १६ वर्षदेखि नेपाली विद्यार्थीहरुको प्रमुख शैक्षिक गन्तव्यको रुपमा अष्ट्रेलिया रहेको छ र यसै क्रममा कोभिड १९ महामारीका कारण विचको केही वर्ष विदेशी विद्यार्थीहरुलाई बन्द गरेको अष्ट्रलियाले डिसेम्बर १५ देखि स्वास्थ्यको पूर्ण पालना गर्दै विदेशी विद्यार्थीहरुलाई अष्ट्रेलिया प्रवेश गराएको थियो । जब नेपाली विद्यार्थीहरु अष्ट्रेलिया प्रवेश गरे त्यसपछि लामो समय भिषा एप्लाई गर्न नपाएका धेरै विद्यार्थीहरुले एकै चोटि भिसा एप्लाई गरे । सुरुको तिन चार महिना पूर्ण रुपमा भिषा भएको देशमा नेपाल थियो भने पछिल्लो तिन चार महिनामा भिसा कम भएको देशमा पनि नेपाल रहेको छ ।
यसमा कसरी, कति, किन भिषा कहिले लाग्ने कहिले नलाग्ने भइरहेको छ र नेपाली विद्यार्थी यसको मारमा कसरी परीरहेका छन् भन्ने भन्दा पनि खराब विज्ञापनले विद्यार्थीलाई विचल्लि पार्नेदेखि विद्यार्थी जम्मा पार्ने माध्यम कसरी बन्यो र कसरी विद्यार्थी अभिभावकलाई केही शैक्षिक परामर्श संस्थाहरुले टिकटकबाट झुक्याई रहेकाछन् भन्ने बारेमा लेख्ने छु ।
आईईएलटिएस मा ४.५ आउँदापनि अष्ट्रेलियाको भिसा लाग्यो :
आईईएलटिएस मा ४.५ आउँदापनि अष्ट्रेलियाको भिसा लाग्यो होला तर आईईएलटिएस मा ४.५ ल्याएर भिषा लाग्छ भनेर आफ्नो व्यावसायको प्रचार गर्नु गलत हो । धेरै जसो अष्ट्रेलियाको भेट कलेजमा आईईएलटिएसको आवश्यकता कम्तिमा ५.५ कुनै दुईवटामा व्यण्डमा ५ भएको हुनुपर्ने छ भने हाईएयर एजुकेशनको हकमा ६.० र कममा सबै व्यण्डमा ५.५ वा ६.० रहेको छ । तर, शैक्षिक परामर्श संस्थाले तल्लो तहको मार्केटिङ्ग गर्दै ४.५ मा भिसा लाग्छ भन्दै टिकटकमा प्रचार प्रसार गर्दा विद्यार्थीमा गलत सन्देश जान्छ भने विद्यार्थी ठगिने सम्भावना बढी हुन्छ ।
बैङ्कको कागजजातको बारेमा :
अष्ट्रेलिया अध्ययनका लागि विद्यार्थीले भिसा एप्लाई गर्दा नेपालको बाणिज्य बैङ्कबाट कित बैङ्कको ऋिण लिएको हुनुपर्छ वा ६ महिनादेखि १२ महिनासम्म बैङ्क खातामा रकम बचत भएको हुनुपर्छ । तर, टिकटकबाट शैक्षिक परामर्श दिनेहरुले २, ४ दिन रकम राखेर भिसा लाग्यो भनेर गलत जानकारी दिनु र कुनै बैङ्क कालो सूचिमा पर्यो भन्नु गलत हो ।
आयस्रोतको बारेमा :
अष्ट्रेलिया विद्यार्थी भिसामा एप्लाई गर्न आफ्नो पारिवारिक आयस्रोत स्पष्ट देखाउनु पर्छ, पारिवारिक आयस्रोतमा तलबबाट, जग्गाबाट देखाउनु, घर भाडाबाट, पेन्सनबाट, व्यापारबाट, गाडिबाट आदी देखाउन पाइन्छ यि सबैको बैङ्क कारोबार नेपाल राष्ट्र बैङ्कले तोकेको बैंङ्कबाट मात्र गर्न पाईन्छ तर, कतिपय शैक्षिक परामर्श व्यावसायीले सहकारीको कारोबारबाट पनि आयस्रोत देखाउन पाईन्छ र भिसा एप्लाई गर्न पाइन्छ भनेर टिकटकमा राखेको पाईन्छ जुन गलत सूचना हो । पछिल्लो समयमा अष्ट्रेलिया हाई कमिसनको आधिककारी केही व्याक्तिहरु आएर आयस्रोतको बारेमा सत्यतामा आधारित कागजजात बनोस नक्कली नबनोस भनेर स्पष्ट पारेको छ । तर टिकटकमा बसेर हुँदै नभएको आफुमात्रै सबैभन्दा जान्ने बुझेको भन्दै यसो गर्नुपर्छ, उसो गर्नुपर्छ भन्दै विद्यार्थी तथा अभिभावकमा अन्योलताको अवस्था सृजना गर्नु परामर्श व्यावसायिले आफ्नो खुट्टामा आफैले बञ्चरो हान्नु हो ।
श्रीमान वा श्रीमती लाने बारेमा :
विद्यार्थीले आफुसँगै आफ्नो श्रीमान वा श्रीमती को भिसा एप्लाई गर्दा स्पोजको एकेडेमीक यतिसम्मको चाहिन्छ वा यतिसम्मको हुनुपर्छ भनेर ठोकुवा गर्दै चिच्याउनु गलत संदेश हो । थाहा नभएको कुरा बुझ्नुपर्छ तर नबुझी र थाहानै नभएको कुरामा आफुलाई जे मन लाग्यो त्यो टिकटकमा लाईभ बसेर बोल्नु वा भिडियो बनाएर पोस्ट गर्नु गलत हो ।
शतप्रतिशत भिसा हुन्छ भन्नु :
भिषा आफैमा कहीलेपनि शतप्रतिशत हुँदैन शतप्रतिशत भिसा आफैमा गल्ति हो । अतः गल्ति कुराको अफवाह फैलाउदै टिकटकबाट परामर्श दिन खोज्नु बोल्नु । यसरी टिकटकबाट गलत जानकारी दिनु र हुँदै नभएका कुरा मनलाग्दी बोल्नु शैक्षिक परामर्शमा मिल्दैन यो कुरा विद्यार्थी अभिभावकले राम्रोसँग बुझन आवश्यक छ ।
टिकटकमा बसेर काउन्सिल गर्दै टिकटकबाटै डकुमेन्ट बनाउन सल्लाह दिएर टिकटकबाटै भिसा एप्लाई गरेर टिकटकबाटै भिसा लगाउन चै सकिदैन । त्यसकारणले पनि टिकटकमा बसेर सत्यतथ्य आफुलाई थाहा भएको सूचना मात्र प्रवाह गर्नु आफ्नो व्यापार व्यवसायको प्रबर्दन गर्नु ठिक हो । तर, भएको नभएको, बुझेको नबुझेको, हुने कुरा नहुने कुरा बोलेर आफ्नो बोलिमा आफै दोभाषे बनाएका छन् । यसले एकातिर विद्यार्र्थी अभिभावकमा भ्रम सृजना भएको छ भने अर्को तर्फ अन्योलता छाएको छ ।
अन्तत शैक्षिक परामर्शको व्यापारिक संस्कृतिको विकास गरौं, सत्यतामा आधारित डिजिटल मार्केटिङ्ग गरौं, परामर्श व्यावसायीको विचमा जोक्कर नबनौं, थाहा नभएको कुरा नबोलौं, सुबै कुरा थाहा नहुन सक्छ त्यसाबारेमा जानकारी लिएर मात्र बोल्ने र परामर्श दिने गरौं तर जथाभावि बोलेर गाइजात्र नगरौं ।
(लेखक दिपक कोइराला सेन्ट जेभियर्स एजुकेशन कन्सल्टेन्सी नयाँ बानेश्वरका सञ्चालक हुन ।)



