काठमाडौं/३० काठमाडौं -ओखलढुंगाको लिखु गाउँपालिकाले ४ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरुमा भाइरल ज्वरो बढेपछि ४ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
गाउँपालिकाले सूचना जारी गर्दै साउन ३० देखि भदौ २ गतेसम्म सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द हुने जनाएको छ । गाउँपालिकाभित्र सञ्चालित अधिकांश सामुदायिक विद्यालयका विद्यार्थी तथा शिक्षकहरुमा भाइरल ज्वरोका कारण नियमित पठनपाठन गर्न असहज भएको सूचनामा उल्लेख गरएिको छ ।
साथै भदौ ५ देखि ९ गतेसम्म ५ वर्ष पूरा भई १२ ननाघेका विद्यार्थीहरुलाई कोभिड १९ विरुद्धको फाइजर खोप कार्यक्रम सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । उक्त खोपबाट भाइरल ज्वरोका कारण बिरामी भएका विद्यार्थीहरु बञ्चित हुने भन्दै गाउँपालिकाले साउन ३० देखि भदौ २ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालय बन्द रहने सूचित गरेको छ ।




