काठमाडौं/३० साउन–नबिल बैङ्कले सामाजिक उद्यमशीलता वा सामाजिक उद्यमीहरु उत्पादन र विकास गर्ने उदेश्यले सञ्चालन गरेको “नबिल स्कुल अफ सोसल आन्ट्रप्रेनरशीप” कार्यक्रमको दोस्रो नबिल एसएसई सर्टिफिकेट कार्यक्रमका लागि आवेदन माग गरेको छ ।
ललितपुर स्थित क्यम्पियन कलेजसँगको सहकार्यमा प्रदेश ३ अन्तर्गत सञ्चालन गरिएको उक्त कार्यक्रमको दोस्रो भर्नाका लागि कलेजले आवेदन माग गरेको हो । यसका लागि वर्षमा चार पटकसम्म भर्ना लिइन्छ भने एउटा कार्यक्रम तीन महिनाको सञ्चालन गरीन्छ ।
दिनको ४ देखि ५ घण्टाको समय दुई महिनामा पाँच/पाँच दिन र एक महिना चार दिन गरी तीन महिनामा १४ दिन मात्र पढाई हुन्छ । यो १४ दिन भित्र फिल्ड जाने, विज्ञहरुसँग भेट्ने, सरोकारवालहरुसँग छलफल गर्ने, विभिन्न क्षेत्रका व्याक्तिहरुसँग भेटाउने र केहि सिकाउँने लगायतका कार्य गरिन्छ ।
१४ दिन मध्ये केही दिन ८ वटा विषय समावेश गरीएको सैद्धान्तिक पढाई हुन्छ । साथै वर्क टेवलमा विज्ञहरुसँग राखेर सिकाइन्छ, अनि फिल्ड वर्क, यो व्याक्तिको आवश्यकता अनुसार फरक फरक क्षेत्रमा लगिन्छ । अरु बाँकी दिनहरुमा उहाँहरुले आफनै व्यावसय गर्नु पाउनुहुन्छ ।
यसका लागि कुनै विषय पढेको हुनपर्ने वा कुनै तह पास गरेको हुनुपर्ने भन्ने कुनै मापदण्ड निर्धारण गरीएको छैन । १८ वर्षदेखि माथीका जुनसुकैले पनि यसमा भर्ना हुन पाउछन् । साथै दोस्रो कार्यक्रमका लागि इच्छुक व्याक्तिहरुले अगस्ट २० सम्म आवेदन दिन सक्नेछन् ।
नबिल स्कुल अफ सोसल आन्टरप्रेनरशीप अभियान सामाजिक परिवर्तनका लागि संस्थागत रुपमा नै उद्यमशीलताको विकास गर्नका लागि सञ्चालनमा ल्याइएको कार्यक्रम हो ।



