संस्थागत विद्यालयलाई १० प्रतिशत नघट्ने गरी छात्रवृत्तिको विवरण टाँस्न निर्देशन

काठमाडौं/२९ साउन-काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ सञ्चालित सबै संस्थागत विद्यालयलाई छात्रवृत्तिको सूचना विद्यालयको सूचना पाटीमा टाँस्न निर्देशन दिएको छ ।


महानगरपालिका शिक्षा विभागले साउन २२ गते पत्र मार्फत संस्थागत विद्यालयहरुले आफ्नो विद्यालयमा कक्षा ११ र १२ मा भर्ना भएका कूल विद्यार्थी संख्याको १० प्रतिशत नघट्ने गरी नियमानुसार समावेशी आधारमा छात्रवृत्ति वितरणको लागि विद्यालयको सूचना पाटीमा सूचना टाँस गर्न पत्राचार गरिसकेको जनाएको छ ।


उक्त सूचनाको आधारमा काठमाडौं महानगरपालिका भित्रका कक्षा ११ र १२ सञ्चालित संस्थागत विद्यालयहरुले अभिभावकबाट आवेदन लिई भदौ १५ गतेभित्र छात्रवृत्तिको व्यवस्था गर्न सूचित गरेपनि कतिपय विद्यालयहरुले हालसम्म पनि सूचना टाँस प्रचार नगरेको गुनासो परेपछि उक्त कार्य समयभित्रै सम्पन्न गर्न महानगर शिक्षा विभागले पुनः निर्देशन दिएको जनाएको छ ।


साथै सबै वडा कार्यालयहरुलाई सम्बन्धित वडा अन्र्तगतका विद्यालयहरुमा नियमानुसार छात्रवृत्ति छनोट गरी विवरण विभागमा पठाउने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published.