त्रिवि प्रश्नपत्र छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न अखिल क्रान्तिकारीको माग

काठमाडौं /२९ साउन-अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायको प्रश्नपत्र दोहोरिएको बारे छानविन गर्न बनेको समितिले प्रतिवेदन सार्वनजनिक नभएको भन्दै घटनाबारेको प्रतिवेदन सार्वजनिक गर्न माग राखेको छ ।


अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले विज्ञप्ति जारी गर्दै प्रश्नपत्र दोहोरिएको घटना छानबिनका लागि बनाएको समितिले प्रतिवेदन सार्वजनिक नगरिएको र संगठनसँग गरिएको प्रतिवद्धता कार्यन्वयन नगरेको भन्दै सार्वजनिक गर्न माग राखेको हो ।


आज अखिल क्रान्तिकारीले विज्ञप्ति जारी गर्दै व्यवस्थापन संकायको प्रश्नपत्र दोहोरिएको घटना टानबिनका लागि बनाइएको छाबिन समितिको प्रतिवेदन सत्यतथ्यसहित तत्काल सार्वजनिक नगरिए र ट्रान्सक्रसिप्ट, प्रोभिजनल, माइग्रेसनको लागि देशका विभिन्न क्याम्पसबाट फेरि त्रिभुवन विश्वविद्यालय धाउनु पर्ने अवस्था रहिरहे तत्काल आन्दोलनमा जाने चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published.