रुपन्देही/२० साउन-शुक्रबारको दिन अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न प्रतियोगितामा विद्यार्थीहरु सहभागी हुँदै । रुपन्देही जिल्ला,बुटवल १५ सेमलार स्थित नवरत्न माध्यमिक विद्यालयमा नर्सरी देखि ३ कक्षा सम्म बालगित प्रतियोगिता, कक्षा ४ देखि ८ सम्म चित्रकला प्रतियोगिता तथा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुको वादविवाद प्रतियोगिता सम्पन्न भएको छ ।







