काठमाडौं/२० साउन-सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीले नेपाल सरकार र नेपाल शिक्षक महासंघ विच भएको सम्झौता अनुसार सेवा सुविधा नपाएको भन्दै विरोध जनाएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत मन्त्री स्तरको निर्णय बमोजिम स्विकृत कार्यक्रम कार्यान्वयन पुस्तिकामा महासंघसँग भएको सम्झौता अनुसार सेवा सुविधा उल्लेख नगरी प्रकाशित गरीएको भन्दै विरोध जननाएको हो ।
आज प्रस विज्ञप्ति जारी गर्दै नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको गम्भिर ध्यानाकर्ष भएको बताउँदै उक्त कार्यक्रम कार्यान्वयन पुस्तिका तत्काल संशोधन गर्न भनिएको छ । साथै सहमति बमोजिमको विद्यालय कर्मचारीहरुको सेवा सुविधा कार्यन्वयनमा नआए आन्दोलनका कार्यक्रम घोषणा गर्ने परिषद्ले चतावनी दिएको छ ।




