काठमाडौं/१८ साउन-प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा प्रमाणपत्र तहको बिशेष मौका (आंशिक) परीक्षाको परीक्षा केन्द्र कायम गरेको छ ।
पुस १८ गतेको सूचना अनुसार परीक्षा आवेदन फारम भरेका शैक्षिक सत्र २०७०/७१ सम्म रजिष्ट्रेसन कायम भई अनत्र्तीण रहेका विद्यार्थीहरुको विशेष मौका परीक्षाको केन्द्र कायम गरेको हो ।
परीक्षा साउन २५ गते र भदौ ६ गते बिहान ६ बजेदेखि पहिलो सिफ्ट र दिउसो २ बजेदेखि दोस्रो सिफ्ट सञ्चालन हुने छ । त्यसैगरी बालाजुको स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजिमा परीक्षा केन्दै राखिएको छ ।




