विद्यार्थीलाई रोजगार उपलब्ध गराउँदै क्यम्पियन कलेज

काठमाडौं /१४ साउन-म्यानेजमेन्ट कलेजका रुपमा स्थापित क्यम्पियन कलेजले ‘जब प्लेसमेन्ट’ कार्यक्रम सम्पन्न गरेको छ । स्नातक र स्नातकोत्तर पास गरेका विद्यार्थीलाई रोजगार उपलब्ध गराउने उदेश्यले जब प्लेसमेन्ट कार्यक्रम सञ्चालन गरेको थियो ।


कार्यक्रममा बोल्दै प्रिन्सिपल अनामिका श्रीवास्तवले क्यम्पियन कलेजबाट स्नातक र स्नातकोत्तर पास गरेका विद्यार्थीलाई रोजगार उपलब्ध गराउनुका साथै बजारसँग जोड्नका लागि विभिन्न कम्पनिहरुसँग सहकार्य गरी कार्यक्रमको आयोजना गरिएको बताइन । कोभिड १९ महामारीका कारण केही वर्ष कार्यक्रम सञ्चालन गर्न नसकिए पनि पुन : कार्यक्रम सञ्चालन गरिएको श्रीवास्तवले बताइन ।


त्यसैगरी विद्यार्थीलाई अन्तर्वाता कसरी दिने, सिभी कसरी लेख्ने र कुन कुन क्षेत्रमा करीयरको सम्भावना छ, कस्ता कुरामा ख्याल राख्ने लगायतका विषयमा दुई दिनको तालिन दिइएको थियो ।

कार्यक्रममा सिजि एजुकेशनका अप्रेशन डाइरेक्टर नविन श्रेष्ठ र एकेडेमिक डाइरेक्टर भुषण चन्द्र सेन गुरुङ्गले आफ्ना भनाई राखेका थिए । विद्यार्थीहरुको उत्साहजनक सहभागीता रहेको उक्त कार्यक्रममा सिजि र्कप ग्लोबल, रोलिङ नेक्सस्, नबिल बैड्ढ, निमा एजुकेशन लगायतका संस्था रहेका थिए ।