राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा सहभागी हुन इच्छुक विद्यालयसँग प्रस्ताव माग

काठमाडौं/१३ साउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि कार्यक्रम प्रस्ताव माग गरेको छ । कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६ मा व्यवस्था भएबमोजिम प्रस्ताव माग गरेको हो ।


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको अध्यक्षतामा साउन ९ गते बसेको निर्देशक समितिको बैठकको निर्णय अनुसार चालु आर्थिक वर्ष २०७९ ०८० का लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत भौतिक सुविधा विस्तार लगायतका कार्यक्रममा सहभागी हुन इच्छुक सार्वजनिक विद्यालयलाई स्थानीय तह मार्फत प्रस्ताव पेश गर्न भनिएको छ ।


साथै तोकिएका प्राथमिकता क्षेत्र र शर्त भित्र रही तोकिएको ढाँचामा साउन २९ गतेभित्र सम्बन्धीत स्थानीय तहमा प्रस्ताव पेश गर्नुपर्ने सूचनामा उल्लेख गरीएको छ ।