काठमाडौं /२५ असार-क्याम्पियन कलेजका विद्यार्थीहरुले “क्यम्पियन अनप्लग” कार्यक्रम सञ्चालनको सुरुवात गरेका छन् । हरेक महिनाको अन्तिम शुक्रबारको दिन यो कार्यक्रम सञ्चालन गरीने छ ।
कार्यक्रममा विद्यार्थीहरुले आफ्नो प्रतिभा देखाउने छन् । यो महिना भने गुरुपूर्णिमाको अवसरमा २९ गते बुधबार कार्यक्रम आयोजना गरीने भएको छ ।


त्यसैगरी बिएसडब्लु अध्ययनरत विद्यार्थीहरुले बाटोमा रहेका कुकुरहरुको सहयोगका लागि विभिन्न कार्यक्रम सञ्चालन गरी रकम संकलन गरेका छन् ।
उनीहरुले पाटन दरबार क्षेत्रमा संस्कृतिक कार्यक्रम आयोजना गर्नुका साथै फुड स्टल राखेर २६ हजार चार सय तिन रुपैयाँ संकलन गरेको जानकारी दिएका छन् ।





