निमासले ग¥यो ईक्यानका नवनिर्वाचित पदाधिकारीहरूलाई सम्मान

काठमाण्डौं/९ माघ– निमास एजुकेशन प्रा.लि.ले नेपाल शैक्षिक परामर्श (ईक्यान) संघका नव निर्वाचित पदाधिकारीहरूलाई सम्मान, बधाई तथा शुभ–कामना कार्यक्रम सम्पन्न गरेकाे छ ।
बुधबार एक औचारिक कार्यक्रमबीच निमासले ईक्यान पदाधिकारीहरूको सम्मान गरेको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत उच्च शिक्षा महाशाखाका प्रमुख तथा सह–सचिव रामशरण सापकोटाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा ईक्यानका नवनिर्वाचित अध्यक्ष प्रकाश पाण्डे, पुर्वअध्यक्षद्वय राजेन्द्र बराल र दिपक गुरुङलगायत अन्य नवनिर्वाचित प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । त्यस्तै, सो सम्मान कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाका प्रमुख उप–सचिव फटिक बहादुर के.सी, अधिवक्ता मुकुन्द न्यौपाने, स्वतन्त्र शैक्षिक परामर्श संघ नेपालका अध्यक्ष युवराज कटुवाललगायतको सहभागिता थियो ।
स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) को सदस्य समेत रहेको निमासले बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरी शैक्षिक परामर्श क्षेत्रका संघ संस्थाहरूलाई एकजुट हुन सन्देश दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *